राजेन्द्र लिङ्देनले संसदबाट देखाइदिए ओली, देउवा र प्रचण्डको हैसियत

शुक्रबार, १३ जेष्ठ २०७९

काठमाडौं –  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् सांसद राजेन्द्र लिङ्देनले ठूला भनिएका पार्टीहरु भोटको आधारमा ठूला भएपनि जनताको मूल्यांकन आधारमा धेरै टाढा र सुन्य भएको बताएका छन् । ठूला भनिएका राजनीतिक दलहरु जनताबाट धेरै टाढा भइसकेकाले जनताको मुल्यांकन भन्दापनि भोटका आधारमा  ठुला ठहरिएका बताएका हुन् ।

सरकारको नीति तथा कार्यक्रममाथि संसद‍्मा भाग लिँदै लिङ्देनले ठुला भनिएका पार्टीलाई रोस्टमबाटै  व्यंग्यात्मक सैलीमा यस्तो  बताए।भोटका ठुला हुन् जनअनुमोदनबाट ठुला होइनौ भन्दै  हैसिएत प्रस्ठ भएको तर्फ इंगित गरे , उनले सरकारको नीति तथा कार्यक्रम नेताको स्वार्थ केन्द्रित भएको पनि आरोप लगाए।

उनले भने, देशको नीति कार्यक्रम यहि हो रु पैंसा तिरेर एक बोरा मल किन्न पाइँदैन । पाठ्यपुस्तक समयमै विद्यार्थीले पाउँदैनन् । नीति तथा कार्यक्रमले यो विषय समेटिनुपर्ने होइन ररु प्राथमिकताका आधारमा सरकारको कार्यक्रम आउनुपर्ने होइन र रु प्रधानमन्त्रीज्यूको गृह जिल्लामा मेडिकल कलेज स्थापना हुन्छ । मन्त्रीज्यूको जिल्लामा कार्यक्रम जान्छ । के यहि हो नीति तथा कार्यक्रम ।