नेकपाको नवौं महाधिवेसन हुने मिति तोकियो

आइतबार, १५ जेष्ठ २०७९

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको नवौं महाधिवेसन आगामिक फागुनमा गर्ने तय भएको छ। नेकपाको केन्द्रीय समितिको  उदयपुरमा जारी बैठकले आगमिक फागुनमा नवौं महाधिवेसन गर्ने मिति तय गरेको हो । गत १२ गते सुरु भएको बैठक केही दिन लम्बिने बताएको छ।

नेकपा विभाजन भई धर्मेन्द्र बास्तोला र सुदर्शनले नेकपा बहुमत गठन गरेपछि पहिलो पटक विप्लव नेतृत्वको बैठक बसेको हो।

बैठकमा पार्टीको ९ औ महाधिवेशन फागुन १ गते गर्नेगरी छलफल चलेको एक नेताले बताए। यस्तै बैठकमा स्थानीय तह निर्वाचन समीक्षासहित आगामी कार्यदिशा र कार्ययोजनाका विषयमा छलफल भईरहेको बताएको छ ।