राष्ट्रवादको रटान लगाउने ओली यतिसम्म राष्ट्रघाती रहेछन, प्रमाणसहित खुल्यो रहस्य !
काठमाडौँ – नयाँ नक्सा समेटिएको पाठ्य पुस्तक सार्वजनिक गर्न पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलेले रोकेको भन्ने गम्भीर खुलासा भएको छ। नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सासहितको पुस्तक सार्वजनिक गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रोक लगाएको भन्ने गम्भीर खुलासा संसदबाटै गरेका छन् ।
आफुलाई रास्ट्रवादको मसिहा ठान्ने ओलीले लिम्पियाधुरा कालापानी लिपुलेकलाइ राजनीतिक नक्सामा समेटेर आफुलाई राष्ट्रवादी कित्तामा उभ्याएपनि अन्तत: नक्सा कार्यन्वयन गर्ने बेलामा उक्त पाठ्यक्रममा समेटिएको नक्सा अंकित पुस्तक बितरणमा रोक लगाएर गम्भीर राष्ट्रघात भएको खुलासा भएको हो ।
शनिबार संसदमा बोल्दै पोखरेलले नयाँ नक्सा समेटिएको पुस्तक सार्वजनिक गर्न ओलीले रोक लगाएको बताएका थिए।
सरकारको नीति तथा कार्यक्रमबारे संसदमा ओलीले राष्ट्रियताका कुरा गरे पनि आफू प्रधानमन्त्री भएका बेला नयाँ नक्सा भएको पुस्तक सार्वजनिक गर्न ओलीले रोक लगाएको पोखरेलको भनाइ छ।
‘पूर्वप्रधानमन्त्री ओलीले राष्ट्रियताको कुरा गरिरहँदा म शिक्षामन्त्री हुँदा तयार गरेको लिपुलेक, कालापानी सम्बन्धी पुस्तकलाई उहाँले रोक लगाउनु भयो। एउटा कार्यदल बनाउनु भयो। एक पटक पनि बैठक राख्नु भएन। र किताव किन रोकियोरु जवाफ पनि दिनु भएन। साँच्चै प्रजातन्त्र र राष्ट्रियतामा तपाईं पनि कठघरामै हुनुहुन्छ। राष्ट्रियता र प्रजातन्त्र र राष्ट्रियतालाई कूटनीतिक दाउपेचको विषय हुन सक्दैनन् भन्ने मलाई लाग्दछ,’ पोखरेलले भने।