नेकपाको १३औं केन्द्रीय समिति बैठक सम्पन्न, यी हुन् बैठकका निर्णयहरु
उदयपुर – नेपाल कम्युनिस्ट पार्टीको १३औं केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । उदयपुरको रौतामाई गाउँपालिकामा बसेको बैठकले फुटवादलाई परास्त गर्दै एकीकृत जनक्रान्तिको संघर्षलाई उचाईँमा पुर्याउने निर्णय गरेको छ ।
महासचिव विप्लवको अध्यक्षतामा बसेको बैठकले आगामी असोजमा पार्टीको नबौं महाधिवेशन गर्ने निर्णय गरेको छ । यसअघि फागुनमा गर्नेकी भन्ने छलफल भएको भएपनि विविध कारणले असोजमा उपयुक्त हुने भन्दै अन्तिम समयमा असोजमा गर्ने निर्णय भएको हो ।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार स्थानीय तहको निर्वाचन बारेमा मसिनो गरी समिक्षा गरिएको छ । ‘चुनावमा सहभागी भएर अपेक्षाकृत परिणाम निकाल्न नसकेपनि पार्टी निर्माणमा ठूलो सफलता हात परेको भन्ने समिक्षा भएको छ ।’ उने भने ।
बैठकका निर्णयहरु आागामी जेठ २० गते पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने नेकपा सचिवालयले जनाएको छ । बैठक जेठ १२ गतेदेखि १७ गतेसम्म चलेको थियो ।