फुट्यो सत्तारुढ गठबन्धन, काग्रेसले दियो प्रचण्डलाई यस्तो जवाफ

बुधबार, १८ जेष्ठ २०७९

काठमाडौँ – सत्तारुढ गठबन्धन अनौपचारिक रुपमा फुटेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाली कांग्रेसलाई पनि एमालेको हालतमा पुर्याइदिने भन्दै अभिव्यक्ति दिएपछि गठबन्धन अनौपचारिक रुपमा फुटेको हो ।

प्रचण्डलाई जवाफ दिदै वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादीसहितको गठबन्धन आवश्यक नभएको अभिव्यक्ति दिएपछि गठबन्धन अनौपचारिक रुपमा फुटेको हो । वरिष्ठ नेता पौडेलले देश र जनता बचाउने काम गरिरहेको कांग्रेसले माओवादीविना हार व्यहोर्न तयार रहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै पौडेलले राष्ट्र, जनता र न्यायका पक्षमा कांग्रेसले लड्न नछाड्ने बताए।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई आज कमलपोखरीमा आयोजित प्रशिक्षणमा प्रचण्डले दम्भ र अहंकार गरे एमालेलाई जस्तै गरी कांग्रेसलाई ठेगान लगाउन सकिने चेतावनी दिएका थिए।

यसतर्फ लक्षित गर्दै पौडेलले आज अपरान्ह ट्वीट गर्दै भनेका छन्, ‘इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको छ। त्यसैले हामी हार व्यहोर्न तयार छौं। तर राष्ट्र, जनता र न्यायको पक्षमा लड्न छाड्ने छैनौं।’