विवाह मण्डपमै दुलहीले बच्चा जन्माएपछि, पाहुनाहरुको भागाभाग !
काठमाडौँ – स्कटल्याण्डको एक बिवाह समारोहमा बेहुलीले नै बच्चा जन्माएकी छिन् । रेबेका म्याकमिलनकी प्रेमी तथा बेहुली रेबेले बिवाह समारोहमामै बच्चा जन्मेकी हुन्। बिवाह समारोहका लागि करिब २०० पाहुनाहरू उपस्थितीको बिचमा रेबेले बच्चा जन्माएपछि निक र रेबेकाबीच बिहे भएको नदेखिकनै अनिस्ठ भयो भन्दै पाहुनाहरुको भागाभाग भएको जनाइएको छ ।
बिहेको दिन यस्तो अनौठो घटना भयो जुन पाहुनाहरूको पनी कल्पनाभन्दा बाहिरको कुरा थियो । यसरि विवाहको मण्डपमै दुलहीले बच्चा जन्माएको घटनाले सबैलाई आस्चर्य चकित पारेको छ । वास्तवमा बेहुली रेबेका गर्भवती थिइन् र एक महिनापछि उनले बच्चा जन्माउने मिति थियो।
तर बिहेको केही घण्टा अगाडि नै रेबेकालाई सुत्केरी व्यथा सुरु भयो । जसका कारण पाहुनाहरू उपस्थित भएपछि अन्तिम समयमा बिहे नै रद्द गर्नुपर्यो ।
आफ्नो बिहेको दिन बच्चा जन्माएको घटना आफ्नो जीवनको महत्वपूर्ण तथा विशेष स्मरणीय घटना भएको बेहुली रेबेका बताउँछिन् ।
रेबेका र निक पछिल्लो पाँच वर्षदेखि प्रेम सम्बन्धमा थिए । त्यसक्रममा रेबेका गर्भवती भएकी थिइन् । आगामी जून २० मा बच्चा जन्मिने मिति डाक्टरले उनलाई दिएका थिए । तर त्योभन्दा एक महिना अगाडि नै उनको बच्चा जन्मियो ।
द मिररका अनुसार बिहेको दिन बेहुलीले बच्चा जन्माएर बिहे समारोहनै रद्द गर्नुपर्दा झण्डै २० लाख रुपैयाँ बराबरको रकम नोक्सान भयो । रेबेकाले आफ्नो बिहेको दिन जन्माएको छोराको नाम इयान विलियम चीथम राखिएको छ ।