नेकपा एसले गर्ने भयो मन्त्रीहरु हेरफेर, मन्त्रीबाट हटाइए पार्टी छाड्ने मन्त्रीहरुको धम्कि
काठमाडौं – नेकपा एसको आज बसेको सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरु हेरेफेर गर्ने विषयलाइ प्राथमिकतामा राखिएको छ । हिजोदेखि चलिरहेको बैठकअन्तर्गत आज मंत्री हेरफेर गर्ने बिषयले प्राथमिकता पाएको हो । यसअघि पार्टीले आफुहरुलाई मन्त्रीपदबाट अलग गराए पार्टी छाड्ने चेतावनी केही मन्त्रीले दिदै आएका थिए ।
आफूलाई मन्त्रीबाट हटाए पार्टी छाड्ने भन्ने केही मन्त्रीले चेतावनी दिइरहेको भन्ने चर्चाको विषयमा सोधिएको प्रश्नमा पार्टी निर्णय सबैले मान्नुपर्ने उपमहासचिव तुलाधरले बताए ।
उनले भने, ‘मैले चेतावनीको कुरा सुनेको छैन् । जिम्मेवार नेताहरूले त्यसो भन्न मिल्दैन् । पार्टी सरकारमा सामेल हूँदा पार्टीले पठाएको हो । पार्टीले अर्कोलाई पठाउने चाहना राख्दा उहाँहरूले स्वीकार्नुहुन्छ ।’
सरकारमा आफ्नो पार्टीबाट सहभागी मन्त्री परिवर्तनबारे छलफल भएको जानकारी दिँदै नेकपा एसका उपमहासचिव गंगालाल तुलाधारले त्यसको जिम्मा शीर्ष नेतालाई दिइएको पनि बताए ।
‘मन्त्रीहरूलाई ६ महिना भनेर पठाएका थियौं, ६ महिनाभन्दा बढी भइसक्यो उहाँहरूसँग शीर्ष नेताहरूबीचमा बसेर छलफल गरी समझदारी बनाउँछौं । कति हेरफेर गर्ने उहाँहरू (शीर्ष नेता) ले नै गर्नुहुन्छ ।’
अहिले संघीय सरकारमा एक राज्यमन्त्रीसहित सो पार्टीबाट ५ जना मन्त्री छन् ।
बाम गठबन्धनको चर्चाका विषयमा बैठकमा कुनै छलफल नभएको तुलाधारले बताए ।
‘हामी बैठकको फस्ट आवरदेखि नै यसै गठबन्धनलाई अगाडि बढाउने कुरामा प्रष्ट छौ,’ उनले भने,‘बामगठबन्धन सुन्दाखेरी सुन्दा असाध्यै राम्रो लाग्ने कुरा हो । इमान्दारिता भएन भने नराम्रो हुदो रहेछ भनेर थाहा भइसकेको छ । त्यसैले त्यो सम्भव छैन ।’