मन्त्री पद चट् भएपछि रन्थनिदै तीनकुने पुगे प्रेम आले

आइतबार, २२ जेष्ठ २०७९

काठमाडौँ – मन्त्री पद खुस्किएपछि संस्कृति, पर्याटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आले माधवकुमार नेपाललाई भेट्न तीनकुने पुगेका छन् । नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट सरकारमा सहभागी आलेलाई हटाएपछि नेपाललाई भेट्न तीनकुने स्थित पार्टी कार्यालय पुगेका हुन् ।

पार्टीले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय भए लगतै पर्यटनमन्त्री आले र स्वास्थ्य मन्त्री विरोध खतिवडा पार्टी कार्यालय तीनकुने पुगेका छन् ।

एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीलाई २४ घण्टाभित्रै फिर्ता बोलाउने निर्णय गरे लगतै आले र खतिवडा आफ्नो राजीनामा रोक्न पार्टी कार्यालय पुगेका हुन ।

आफ्नो राजीनामा रोक्न आले र खतिवडा अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पार्टी कार्यालय पुगेका हुन् । अहिले खतिवडा र आलेसहित नेपाल र महासचिव बेदुराम भुसाल छलफल गरिरहेका छन् ।