पुरुष हिंसा बढेको भन्दै, महरा र पल शाहको पक्षमा सतिसाल झैँ उभीइन् संसाद चौधरी
काठमाडौं – नेकपा एमालेकी सांसद गंगा चौधरीले बलात्कारसम्बन्धी मुद्दाको हदम्याद हटाउन सरकारकाले विधेयक पेस गरेका बेला सदनमा यसको विरोध गरेकि छिन् ।
महिला साम्सद चौधरीले यसरी बिधेयक ल्याउदा भावनामा डुबेर नहुने यस्ता विधेयकले पुरुषहरु झन् पिडित हुने भन्दै पुर्वसभामुख महरा र पल साहको उदाहरण पेश गर्दै मन मिल्दा प्रेम मन मिल्न छोडेपछि बलात्कार पल साह र महराजीहरु पनि यसैको शिकार बन्नु भएको हो भन्दै संसदबाटै चर्को बिरोध गरेकी हुन् ।
एमाले सांसद गंगा चौधरी सतगौंवाले सोमबार प्रतिनिधिसभामा सो विधेकयमाथिको छलफलमा बोल्दै मन मिलुन्जेल प्रेम सम्बन्ध र मन नमिलेपछि बलात्कारका मुद्दा लगाउने प्रवृति बढेको दाबी गरिन् ।
चौधरीले भावनामा बगेर कानून बनाउँन नहुने भन्दै आफूले धेरै पुरुषहरू पीडित देखेको तर उनीहरूको पक्षमा कानून नरहेको दाबीसमेत गरिन् । पूर्वसभामुख कृष्णबहादुर महरा र अभिनेता पल शाहको समेत उदाहरण दिएकी चौधरीले प्रेम सम्बन्धलाई बलात्कारको आरोप लाउने प्रवृत्तिलाई प्रश्रय दिन नहुने बताइन् ।
चौधरीले भनिन्, ‘महिला हुँ भन्दैमा महिलाको भावनामात्र बुझ्ने होइन, पुरुषको भावना पनि बुझ्नुपर्छ । अस्ति भर्खरकै केस पल शाह र सुस्मिताको कुरा जबसम्म मन मिल्यो लभको संज्ञा दिने, स्वार्थ पूरा भएन भने बलात्कारको संज्ञा दिने । हामीले यहि सदनका पूर्वसभामुखको घटना पनि हेरेका थियौं, स्वार्थ मिलुन्जेल कसैलाई पत्तो थिएन, स्वार्थ नमिलेपछि बलात्कारको संज्ञा दिएर ६र६ महिना जेलमा कोचियो ।
सांसद चौधरीले बलात्कार मुद्दामा हदम्याद नराखिए मुद्दाको चाङ लाग्ने तर पीडितले न्याय नपाउँने बताइन् ।