चर्चित अभिनेता सलमान खानको बाबु छोराकै ज्यान धरापमा

सोमबार, २३ जेष्ठ २०७९

काठमाडौँ – भारतीय चर्चित बलिउड अभिनेता सलमान खान र उनका बुबा सलिम खानको ज्यान खतरामा रहेको समज्चार प्राप्त भएको छ। उनीहरु बाबुछोरालाई एक अज्ञात चिठी मार्फत ज्यान मार्ने धम्की आएको हो ।

भारतीय सञ्चार माध्यम जीन्यूजका अनुसार आइतबार एक पत्रमार्फत उनीहरूलाई ज्यान मार्ने धम्की आएको बुझिएको छ ।

उनीहरूलाई ज्यान मार्ने धम्की आएपछि बान्द्रा पुुलिसले अज्ञात व्यक्तिविरुद्ध एफआइआर दर्ता गरेको छ। हाल पत्र राखिएको ठाउँबाट छानबिन प्रक्रिया सुरू गरिएको छ।

सलमानका बुबा सलिम खान हरेक बिहान मर्निङ वाक जान्छन्। उनी मर्निङ वाकबाट फर्किएपछि सधैं बान्द्राको ब्यान्डस्ट्यान्ड प्रोमेनाडमा आराम गर्छन्। त्यही ठाउँमा उक्त पत्र राखिएको थियो।

उक्त पत्रमा मुसेवालाको जस्तै हालत गरिदिन्छुु लेखिएको थियो। सिद्धु मुसेवालाको केही दिन अगाडि गोली हानेर हत्या गरिएको थियो। उनी पञ्जाबका गायक तथा नेता थिए।

सलमान दुबईमा भएको आइफा अवार्ड समारोहबाट आइतबार मात्रै भारत फर्किएका छन्।