बालेनको अर्को योजना पनि कार्यान्वयन, विरोधीले पनि भन्न थाले ‘स्यावास्’
काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको नयाँ योजना कार्यान्वयनमा आएको छ । जनताको गुनासो सुन्न कल सेन्टर सञ्चालन गर्ने उनको योजना कार्यान्वयनमा आएको हो ।
बालेन्द्र शाह प्रमुखमा निर्वाचित भएर आएपछि जेठ १६ गते बसेको नगर कार्यपालिकाको बैठकले कल सेन्टर सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। महानगरका सञ्चार तथा सुचना प्रविधी अधिकृत नवराज ढकालका अनुसार कल सेन्टरको नम्बर १६६००१०५५११ रहेको छ।
जसमा फोन गर्दा शुल्क लाग्दैन। कल सेन्टरमा जनताले सार्वजनिक विषयका गुनासहरु टिपाउन सक्ने र त्यसलाई तत्कालै सम्बोधन गर्ने तयारी महानगरको छ।
गुनासाहरुको समाधान तत्काल पूर्वाधार एम्बुलेन्स गर्ने बताइएको छ । उक्त योजना सार्वजनिक भएपछि बालेनलाई सबैले स्याब्वास् भन्न थालेका छन् ।