मल–बिउ नपाएपछि हतियारसहित सडकमा आए किसान

बुधबार, २५ जेष्ठ २०७९

उदयपुर – मल–बिउ नपाएपछि किसानहरु हतियारसहित सडकमा आएका छन् । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) जिल्ला समिति उदयपुरको आह्वानमा किसानहरु हतियारसहित सडकमा आएका हुन् ।

नेकपाको केन्द्रीय कार्यक्रम अनुसार किसानहरु मल अभावका विरुद्ध बिरोध प्रदर्शन उत्रिएका हुन् । उक्त बिरोध प्रदर्शन नेपाल कम्युनिस्ट पार्टी उदयपुरको कार्यालय त्रियुगा नगरपालिका ११ स्थित शान्तिनगर टोलबाट नेता कार्यकर्ता र किसानहरु डोको, नाम्लो, हलोजुवा, हसिया, कोदालो पेले कार्ड बोकेर सडकमा आएका हुन् ।

किसानहरुले ‘किसानहरुलाई तुरुन्तै मल, बिउ उपलब्ध गर, मलमा भएको कालो बजारी नियन्त्रण गर, बढ्दो मंहगी नियन्त्रण गर’ जस्ता नारा लगाउदै बजार परिक्रमा गरेका थिए । उक्त कोणसभालाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का पूर्बउपाअध्यक्ष तथा त्रियुगा नगरपालिका ईन्चार्ज मीन प्रसाद पोख्रेलले ‘नेपाल कृषि प्रदान देश’ भएता पनि खेति गर्ने बेलामा बर्सेनी किसानलाई मल, बीउ, कृषि औजार अभाव हुने गरेको दृस्टान्त पेश गरे ।

बजारमा गुणस्तरहीन मल महंगो मुल्यमा बेचेर मलको कालोबजारी भइरहेको बताउँदै उनले मलमा भइरहेको कालोबजारी नियन्त्रण गर्न र मल, बिउ, कृषि औजार सहज र शुलभ मुल्यमा व्यवस्थापन गर्न राज्यको ध्यानाकर्षण समेत गरे ।

त्यस्तै राज्यले पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुमा गरिएको मुल्यवृद्धिले जनताको जनजीवन कष्टकर भइरहेको भन्दै दैनिक उपभोग्य बस्तुमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरे। सरकारले मुल्यवृद्धि र कालोबजारी नियन्त्रण नगरे आफ्नो पार्टी संघर्षमा उत्रने उनको भनाई थियो।