बालेनको सिको गर्दै एक्सनमा उत्रिए धरानका मेयर साम्पाङ, एमालेबाट निर्वाचित वडाध्यक्षलाई झट्का

शनिबार, २८ जेष्ठ २०७९

काठमाडौं – स्वतन्त्र रुपमा उम्मेदवारी दिएर सान्दार जित निकालेका धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङलाई असफल बनाउन नेकपा एमालेले धरानले पहिलादेखिनै ठूलो रोल खेल्दै आएको छ । कार्यपालिकामा नेकपा एमालेको बहुमत भएकै कारण विभिन्न निर्णयहरुमा एमालेका वडाध्यक्षहरुले अबरोध गर्दै आएका छन् ।

यही कुराको फाइदा उठाउदै उमहानगर कार्यपालिका बैठकमा खोला उत्खनन् सम्बन्धी निर्णयमा एमालेका वडाध्यक्षले अवरोध गरेपछि मेयर साम्पाङ काठमाडौं महानगरपालिकाका मेयर बालेन साहकै स्टाइलमा अघि बढेका छन् ।

धरान उपमहानगरपालिकाका मेयर साम्पाङ्गले अब उप्रान्त हरेक कुरा पारदर्शी बनाउने बताएका छन् । जनताको सुूचनाको हकलाई सम्मान गर्दै हरेक कुरा लाइभ (प्रत्यक्ष प्रशारण) हुने र जनताले चाहेको सार्वजनिक सूचना सबैले सहजै प्राप्त गर्ने बताएका हुन् ।

मेयर साम्पाङ्गले सामाजिक सञ्जाल फेसबुक पेजमा पोष्ट गर्दै यस्तो भनेका हुन् । ‘हरेक कुरा लाइभ हुनेछ आइन्दा जनताले मागेका जुनसुकै सार्वजनिक सूचना दिइनेछ । कसैले लुकाउन चाहे मलाई भन्नू ।’भन्दै उनले पोष्ट गरेका छन् ।

यस्तै मेयर साम्पाङले राष्ट्रिय आविष्कार केन्द्रको शाखा स्थापना गर्ने घोषणा गरेका छन् । स्वतन्त्र उम्मेदवारी दिएर हाले मेयरमा निर्वाचित साम्पाङले त्यसका लागि गृहकार्य भइरहेको जानकारी दिएका छन् । महावीर पुनको अगुवाइमा काठमाडौं कीर्तिपुरमा राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनमा रहेको छ ।

वैज्ञानिक, स्टार्टअप तथा उद्यमशीलताको क्षेत्रमा खोज, अनुसन्धान र विकास गर्ने उद्देश्यका साथ आविष्कार केन्द्र सञ्चालनमा आएको हो । स्थानीय स्तरमा समेत त्यसको आवश्यकता महसुस गर्दै धरानमा समेत त्यसको शाखा खोल्ने योजना मेयर साम्पाङले बनाएका हुन् ।