माधव नेपालको पार्टी कार्यालय अगाडी के गर्दैछन् एमाले अध्यक्ष ओली ?
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पार्टी कार्यालय अगाडी पुगेको खुलासा भएको छ । साँझ परेपछि नेपाल नेतृत्वको एकीकृत समाजवादीको कार्यालय सामुन्ने पुगेका हुन् ।
अध्यक्ष नेपाल र एकीकृत समाजवादीको नाम पनि सुन्न नचाहने ओली हिजो साँझ साढे ६ बजेको समयमा मीनभवन नजिकैको आलोकनगर पुगेका हुन् । आलोकनगर छेउको बागमती करिडोरस्थित मदन भण्डारी बाटिका अवलोकन गर्न ओली त्यहाँ पुगेका थिए ।
उनको साथमा पूर्व कानुनमन्त्री अग्निप्रसाद खरेल, कामनपाकी उपमेयर सुनिता डंगोललगायत डेढ दर्जनसँगै उक्त बाटिका छिरेका हुन । एकीकृत समाजवादीको कार्यालय सामुन्ने रहेको उक्त बाटिका खरेलको घर छेउमा पर्छ ।
खरेल पत्नीलगायतको सक्रियतामा बागमती करिडोरमा उक्त बाटिका निर्माण गरिएकाले एक पन्थ, दुई काज भनेझैँ अध्यक्ष ओली एकीकृत समाजवादीको कार्यालय नजिकै गएका हुन ।
यसअघि उनी गत बिहीबार धुलिखेल नगरपालिका क्षेत्रको अवलोकन भ्रमणको निम्ति गएका थिए । त्यसबेला नगरका मेयर अशोक ब्याञ्जुलगायतले अध्यक्ष र उनकी श्रीमतीको स्वागत गरेका थिए ।