बामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै, राख्ने भए यस्तो नाम
केही समयअघि नेकपा (एमाले) छोडेका राष्ट्रिय सभा सांसद वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्न लागेका छन् ।
उनले आज अपरान्ह ३ बजे काठमाडौंमा पत्रकार सम्मेलन गरी नयाँ पार्टी घोषणा गर्ने भएका हुन् ।
गौतमले घोषणा गर्न लागेको पार्टीको नाम (राष्ट्रिय एकता अभियान) राख्ने भएका छन् । उनले नेकपा राष्ट्रिय एकता अभियान’ पार्टी खोल्न लागेको गौतमनिकट स्रोतले बताएको छ ।
यसअघि उनी नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बनेका थिए। अभियानका नामबाट उनले केही दिनअघि भेला पनि गरेका थिए।
गत प्रतिनिधि सभा चुनावमा बर्दियाबाट पराजित गौतमलाई तत्कालीन नेकपा सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको थियो।
मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य नियुक्त गरेकी थिइन्।
एमाले र नेकपामा हुँदा गौतम उपाध्यक्ष थिए। २०५४ साल एमाले विभाजन गरेर उनी नेकपा (माले) का महासचिव बनेका थिए।