मन्त्रीले नै लगाए रवि लामिछानेले घुस खाएको आरोप !

मंगलबार, २१ असार २०७९

काठमाडौं – कर्णाली प्रदेश सरकारका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछानेमाथि घुस खाएको आरोप लगाएका छन् । शाहीले आफूसँग् रविले ६ लाख रुपैयाँ घुस खाएको आरोप लगाएका हुन् ।

पूर्वमन्त्री शाहीले आफ्नो घटनामा लामिछानेले ६ लाख रुपैयाँ खाएको आरोप लगाएका हुन् । महिलामाथि बलात्कार भइरहेको भिडियो सार्वजनिक भएपछि लामिछनेले उनको अन्तर्वार्ता लिएका थिए ।

हाल नयाँ पार्टी खोलेर राजनीतिमा लागेका लामिछानेले ग्यालेक्सी टिभीबाट सिधा कुरा कार्यकममा उनको अन्तर्वार्ता समेत लिएका थिए । शाहीका अनुसार लामिछनेले सोही घटनामा उनकै पक्षमा माहोल बनाउन पैसा खाएको स्टाटस शाहीले फेसबुकमा सार्वजनिक गरेपनि अहिले हटाएका छन् ।

उनले रवि नेता नभएको भन्दै व्यंग्यसमेत हानेका छन् । केही महिनाअघि पीडित महिला र उनका पति जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा बला’त्कार सम्बन्धी जा हेरी दिन गएका थिए।

‘आफूमाथि बलात्कार भएको भन्दै एक महिला र उनका पति प्रहरी कार्यालयमा आउनुभएको थियो, भिडियो पनि देखाउनुभएको थियो,’ प्रहरीका अनुसन्धान अधिकारीले भने, ‘उहाँहरूले भनेअनुसार मुद्दा दर्ता गर्ने हदम्याद कटिसकेकाले कानुन व्यवसायीसँग छलफल गरेर आउन सुझाव दिएर पठाएका हौं।’

भिडियोमा पीडित भनिएकी महिला कोठाभित्रै देखिन्छिन्। बाहिरबाट ढोका ढक्ढकाएको आवाज सुनिन्छ। महिलाले ढोका खोल्छिन्। भित्र पसेर खाटमा बस्नेबित्तिकै मन्त्री शाहीले उनलाई अँगालोमा बेर्छन्। त्यसपछि महिला रोएको देखिन्छ।

मन्त्री शाही महिलालाई सम्झाउन खोजिरहेको अवस्थामा देखिन्छन्। प्रहरीको सम्पर्कमा पुगेका पीडितले उक्त भिडियो २०७६ माघतिरको भएको बताएका छन्। जति बेला शाही प्रदेश सांसदमात्रै थिए।