खेलाडी त अर्थ सचिव पाे रहेछन्, पत्रबाटै खुल्यो रहस्य

बुधबार, २२ असार २०७९

काठमाडौं – अर्थमन्त्रालयका सीसीटीभी फुटेज डिलिटमा अर्थ सचिवकाे हात रहेको पुष्टि भएकाे छ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको विषयमा सीसीटीभी फुटेज हेर्न पाउनु पर्ने आवाज उठेपछि मन्त्रालयका सचिव मधुकुमार मरासिनीले फुटेज डिलिट भएको जानकारी दिन आदेश दिएपछि यसकाे पुष्टि भएकाे हाे।

यो विषयमा अर्थसचिव मधुकुमार मरासिनीको बदमासी देखिएको अर्थमन्त्राल एक अधिकारी बताए । फुटेज डिलिट भएको भनेर अर्थ सचिव मधुकुमार मरासिनीले चिठी लेख्न लगाएका थिए । आफू विवादमा पर्ने भएपछि अर्थ सचिव अहिले बिदामा बसेका छन् ।

‘फुटेज डिलिट पनि सचिवले नै गर्नु भएको हुनसक्छ’ मन्त्रालयका अधिकारीले भने,’ आफ्नो गल्ती लुकाउन सचिव बिदामा बस्नु भएको छ ।’ स्वार्थ समूहकाे चंगाेलमा परेर मरासिनी अर्थ सचिवकाे बद्नाम गराउन हात धाेएर लागि परेका छन् ।

अहिले राजश्व सचिव भने युरोप पुगेका छन् । उनी मन्त्रालयको प्रतिनिधित्व गर्दै युरोप पुगेका हुन् ।