प्रहरी दमनकाबिच उदयपुरमा अखिल क्रान्तिकारीले गर्यो मसाल जुलुस

आइतबार, २६ असार २०७९

उदयपुर- शैक्षिक सत्र सुरु भएको तिन महिना बितिसक्दा पनि सरकारी र समुदायीक विद्यालयमा भएको पाठ्यपुस्तकको चरम कृत्रिम अभाव विरुद्ध अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यक्रम अनुसार अखिल ( क्रान्तिकारी) जिल्ला समिति उदयपुर द्वारा गाईघाटमा प्रहरी दमनको बीचबाट पनि मसाल जुलुस सम्पन्न गरेको छ।

अखिल(क्रान्तिकारी) को जिल्ला कार्यालयबाट सुरु गरेको मसाल जुलुस गाईघाट बजार परिक्रमा गरि गाईघाट बजारको मेन चोकमा गएर कोणसभामा परिणत भएको थियो ।  उक्त कोण सभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारी उदयपुर जिल्लाको जिल्ला उपाध्यक्ष मनिश बराईलिले सरकार विद्यार्थीको भबिस्य प्रति उत्तरदायि नबनेर विद्यार्थीको भबिस्य माथि खेलबाड गरि आज शैक्षिक सत्र शुरु भएको तिन महिना बितिसक्दा पनि पाठ्यपुस्तक विद्यार्थीलाई उपलब्ध नगरेको कारण आफुहरुले आन्दोलन गर्नु परेको बताए।

उनले कार्यक्रममा बोल्दै नेपालमा शिक्षा हुँदा खाने र हुने खानेले अध्यन गर्ने बीचमा आज अन्तर भएकोले गर्दा गरिब जनताको छोराछोरिले शिक्षाको पहुँच बाट टाढै रहनु पर्ने बाध्यता आएको बताए।

उनले शान्तिपूर्ण कार्यक्रमलाई प्रहरीले दमन गरेको प्रति घोर भत्सर्ना गर्दै प्रहरीलाई नेपालको सिमाना गएर लड्नको लागि आग्रह गर्दै हाम्रो शान्तिपुर्ण कार्यक्रमलाई लाठि र बन्दुकको भरमा दबाउन खोजिन्छ भने, हामि जस्तो सुकै अवास्थामा पनि पछि नहट्ने  बरु आफ्नो ज्यान बलिदान गर्नु परे आफु तयार रहेको र विद्यार्थीको अधिकार सम्पन्न गरि छाड्ने प्रतिबद्धता गरेका थिए ।

कार्यक्रममा नेकपा का जिल्ला ईन्चार्ज,नगर ईन्चार्ज युवा विद्यार्थीहरुको बाक्लो उपस्तिथि रहेको थियो कार्यक्रम संचालन अखिल (क्रान्तिकारी) का जिल्ला सचिब सिदार्थ अधिकारिले गरेका  थिए।