बझाङमा एमाले अध्यक्षले प्रतिनिधि नचिन्दा भयो भद्रगोल

आइतबार, २६ असार २०७९

काठमाडौं—बझाङको एमाले जिल्ला कमिटी अध्यक्ष भैरवबहादुर सिंहले निर्वाचन प्रतिनिधि बनेका व्यक्ति को हुन् भन्ने नै स्पष्टता नभएको भने पछि आठौँ जिल्ला अधिवेशनमा भद्रगोल भएको छ । यो संगै उनले आठौँ अधिवेशन स्थगित भएको सूचना जारी गरेका थिए । लगत्तै त्यसको ुकाउन्टरुमा निर्वाचन कमिटीले पनि विज्ञप्ति निकालेको छ ।

निर्वाचन कमिटीले उम्मेदवारको नामावली प्रकाशन र मतपत्रसमेत छपाइसकेको छ । अध्यक्ष मण्डलले मनपरी ढंगले अधिवेशन स्थगितको सूचना जारी गरेपछि आफू पनि सूचना जारी गर्न बाध्य भएको निर्वाचन कमिटीले जनाएको छ ।

यता, उम्मेदवारी दिएकाको मापदण्ड नपुगेको, उजुरी परेको, लेवी नतिरेको लगायतका कारण देखाउँदै एमाले ८औं जिल्ला अधिवेशन स्थगित गर्नुपरेको अध्यक्ष मण्डलका अध्यक्षसमेत रहेका सिंहले बताएका छन् ।

सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ुनिर्वाचन प्रक्रियामा जाँदैगर्दा प्रतिनिधिको स्पष्टता नभएको, हाजिरी नभएको र को हुन् भन्नेसमेत स्पष्टता नभएको देखिएको छ ।ु निर्वाचन अस्वस्थ, धाँदलीयुक्त हुने भएकाले अधिवेशन स्थगित गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

यता, निर्वाचन कमिटीले अध्यक्ष मण्डलले आफूसँग परामर्श नगरी एकलौटी ढंगले निर्वाचन नहुने भनेर प्रतिनिधिलाई घर पठाएको आरोप लगाएको छ । अध्यक्ष मण्डलले मनपरी ढंगले अधिवेशन स्थगितको सूचना जारी गरेपछि आफू पनि सूचना जारी गर्न बाध्य भएको निर्वाचन कमिटीले जनाएको छ ।

‘अध्यक्ष मण्डलको जिम्मेवारीमा रहेको प्रतिनिधिहरूको हाजिरी, प्रतिनिधि पहिचान, लेवी तथा दायित्व र उम्मेदवारको मापदण्डसम्बन्धी विवादमा पार्टीको संगठन विभागले प्रमाणित गरिदिएका विषयमा समेत आफू जिम्मेवारीबाट पन्छिँदै अध्यक्ष मण्डलले निर्वाचन कमिटीलाई दोषी देखाएको छ । यी तथ्यबिनाका कोरा कुरा मात्रै हुन्’ निर्वाचन कमिटीले जारी विज्ञप्तिमा भनिएको छ ।

निर्वाचन कमिटीले उम्मेदवारको नामावली प्रकाशन र मतपत्रसमेत छपाइसकेको छ । अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।