सीसीटीभी काण्ड : पूर्वअर्थमन्त्री शर्माले जुक्ती लगाएपछि छानबिन समितिको बैठक सर्यो
काठमाडौं – पूर्वअर्थमन्त्री जनार्दन शर्माले जुक्ति लगाएपछि संसदीय विशेष समितिको बैठक सरेको छ । शर्माले विषय कागज र विवरण नदिएर जुक्ति लगाएपछि बैठक सरेको हो ।
आज बसेको बैठकले भोलि (शुक्रबार) अर्थ मन्त्रालयका सचिव र राजस्व सचिवसँग छलफल गर्ने निर्णय गरेको छ । आजको बैंठक एजेन्डामा छलफल नभई सकिएको छ ।
बुधबार अर्थ मन्त्रालयलाई पूर्वअर्थमन्त्री शर्मासँग विषय कागज तथा विवरण माग गरे पनि नआएको र बिहीबार कार्यालय समयभित्र आउने अपेक्षा गरेको बताए । सचिव शर्माले समितिले तोकिएको समयमा नै छानबिन प्रतिवेदन तयार गर्ने दृष्टिकोणसहित कार्यतालिका पास गरेको बताउँदै अब सात दिनभित्रै अध्ययन प्रतिवेदन लेख्नेगरी काम गर्ने सहमति भएको बताए ।
तत्कालीन अर्थमन्त्री शर्माले २०७९÷८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई राति मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको हो । छानबिन समिति बनेसँगै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।