एमालेले तयार पारेर ल्याएको नक्कली एम अधिकारि हराएपछि एमालेको कन्तबिजोक !
नक्कली एम बनाउँन खोज्दा एमालेको कन्तबिजोक भएको छ। अर्थ तथा योजना विभाग सदस्य ‘एम अधिकारी’ भनेर सार्वजनिक गर्न खोजेका एक पात्र फोन नै नलाग्ने बनाएर सम्पर्कविहीन भएपछि एमालेको कन्तबिजोक भएको हो।
एम अधिकारी नाम गरेको व्यक्ति राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी नै भएको भन्दै विभिन्न प्रमाणहरू सार्वजनिक हुन थालेपछि एमालेले नयाँ एम अधिकारीको खोजीमा लागेको थियो।
यसबीचमा बिहीवार केही नेताले मिडियामा सूचना चुहाए– एम अधिकारी भनेको सीए मनोज अधिकारी हुन्, विराटनगरतिर बस्छन् ।
यो समाचार आउनेबित्तिकै मनोजको फोनमा तारन्तर घण्टी बज्न थाल्यो । मनोजलाई सुवेदी थरका एक व्यक्तिले एमाले पार्टीको तर्फबाट आएको आग्रहअनुसार ‘एम अधिकारी’ बनिदिन मनोज अधिकारीलाई मनाएका थिए ।
स्रोतका अनुसार ‘गभर्नरसापलाई साह्रै अप्ठ्यारो पार्ने भए । केही समयलाई तपाईं एम अधिकारी बनिदिनुर्पयो, त्यसबापत पछि पार्टीले हेर्छ,’ भनेर सुवेदीले आग्रह गरेपछि शुरूमा मनोज तयार पनि भएका रहेछन् ।
मनोज विराटनगरमा सीए फर्म चलाउँछन् । भारतमा रहेको सुशीललाल एन्ड एसोसिएटसँगको पार्टनरसीपमा उनले हालसालै फर्म सञ्चालनमा ल्याएका हुन् । २०४४ मंसिर ६ गते जन्मिएका मनोजको ठेगाना विराटनगर– ५ भनेर नागरिकतामा उल्लेख गरिएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्य रहेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला एमालेले भने एम अधिकारी गभर्नर नरहेको स्पस्टीकरण दिएको छ ।
नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले एक पत्र पठाउँदै अर्थ विभागमा रहेका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको स्पस्टीकरण दिएको हो ।