विद्या भट्टराईले आफ्नै भोट पनि पाइनन् !
काठमाडौं नेकपा एमालेको तर्फबाट उपसभामुख पदमा उमेदवारी दिएकी विद्या भट्टराईले आफ्नै पार्टीको मत समेत पाइनन् । उपसभामुखमा नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमले १४८ मत पाइरहदा भट्टराईले आफ्नै पार्टीको समेत पुरा मत नपाएकी हुन्।
नेकपा एमालेको ९८ सांसदहरुमध्ये ९३ सांसदले मात्र मतदान गरेपछि उनि आफ्नै पार्टीको पुरा मत पाउनबाट बन्चित भएकी छिन्।
उपसभामुखका लागि आजको प्रतिनिधि सभा बैठकमा भएको मतदानमा गठबन्धन तर्फको संयुक्त उमेदवार पुष्पा भुषालले १४८ मत ल्याएर उपसभामुखमा बिजय हासिल गरिन् भने, उनकी प्रतिष्पर्धी नेकपा एमालेकी विद्या भट्टराईले ९३ मत पाइन् ।
आजको बैठकमा २४२ सांसद उपस्थित भएका थिए । एक सांसद भने तटस्थ रहे ।
भुसाललाई सत्तारूढ दलहरू कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाको समर्थन रहेको थियो । त्यस्तै प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादीले पनि उनलाई सघाएको थियो ।