आज सार्वजनिक विदा

आइतबार, १ साउन २०७९

सुर्खेत – सरकारले साउने संक्राति पर्वको अवसरकार सार्वजनिक विदा दिएको छ । कर्णाली प्रदेश सरकारले आज साउन १ गते सार्वजनिक विदा दिएको हो ।

प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बिदा दिएको जनाएको हो । साउने संक्रान्ति तथा देउडा पर्वको अवसर पारेर सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ ।

साउन १ गते प्रदेशभित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक संघ संस्थामा बिदा लागू हुने मन्त्रालयका सूचना अधिकारी रोशन शाहीले जानकारी दिए । प्रदेश सरकारको २०७८ चैत्र २९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले साउन १ गते बिदा दिने निर्णय गरेको थियो ।