अझैँ फर्किएनन् चार दिनका लागि भनेर आएका चिनियाँ पाउना, देउवाको ढुक्ढुकी बढ्यो
काठमाडौँ – गत साता नेपालको चार दिने भ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु चीन फर्किएका छैनन् । सीसीपीका विदेश विभाग प्रमुख लिउ चियन्छाओसहित दुई जना स्वदेश फिर्ता भएपनि अरु चार जना नेपालमै छन् ।
उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्यमध्ये दुई जना मात्रै सिङ्गापुर हुँदै स्वदेश फर्केका हुन् । विदेश विभाग प्रमुख लिउ चियन्छाओको नेतृत्वमा आएको छ सदस्यीय टोली बुधवार राति सिंगापुर हुँदै बेइजिङ फर्केको बताइएको थियो ।
तर, तीमध्ये प्रमुख लिउ र निजी सचिव वेन छान्दा मात्रै त्यो दिन स्वदेश फर्केको परराष्ट्र मन्त्रालय स्रोतले पुष्टि गरेको छ ।
टोलीमा रहेका दोभाषे सरलासहित अन्य चार जना सदस्य भने थप नौ दिन काठमाडौंमै रहने बताइएको छ । टोलीका सदस्यहरु फङ सिउपिन, चाङ चिउछिन्, छुई सियाङ र चाङ युयेको टोली साउन ५ गते मात्रै स्वदेश फर्कने योजना छ ।
उनी नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई मिलाएर मात्र फर्किने रणनीतिमा रहेको बुझिएको छ । त्यसका लागि भारतको समेत समर्थन लिन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारत भ्रमणमा गएका छन् । उनी आफ्नो तीन दीने भ्रमण सकाएर आज स्वदेश फर्किदैछन् ।
यो विषयले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको ढुक्ढुकी बढेको छ । कम्युनिस्टहरु मिल्दा आफू सत्ता बाहिर हुने भन्दै देउवाको ढुकढुकी बढेको हो ।