यस्तो गम्भिर कारणले गर्दा मोदीले प्रचण्डलाई नभेटेका रहेछन्, एकाएक यसरि खुल्यो रहस्य !
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिसंग भेट नहुनुको कारण खुलाएका छन्।
आज दिउँसो १ बजेसम्म पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम रहेपनि भारतमा केही दिनयता आएको विनाशकारी बाढीका कारण मोदीसँग भेट हुन नसकेको बताएका हुन् ।
आइतवार अपरान्ह त्रिभुवन विमानस्थलमा उत्रिएपछि प्रचण्डले दिउँसो १ बजेसम्म भेट्ने तयारी हुँदा हुँदै अचानक रद्द हुन पुगेको बताएका छन्।
दिउँसो १ बजे पनि भेट हुन्छ भनिएको थियो। तर अहिले सम्भव भएन भन्ने आयो उनले भने, किन हो भन्ने म पनि तपाईँहरू जस्तै हो।
हिजो बाढीले भारतमा धेरै ठूलो क्षति गरेको सुनेका छौँ। मोदीजी त्यसतिर केन्द्रित भएकाले पनि भेटको अवसर नमिलेको हुन सक्ने उनले बताएका छन् ।
म त भाजपा अध्यक्ष जेपी नड्डाको निम्तोमा गएको हो। सबै कुरा उहाँसँगै भइसकेकै थियो। यस्तो मोदीजीसँग फोटो खिचाउन मात्रै भेट्नुको पनि अर्थ थिएन। तर मलाई केही टेन्सन भएको छैन।
उनले आफूले लिएर गएका एजेन्डा अनुसार भन्नुपर्ने र गर्नुपर्ने पर्याप्त कुरा भएको बताए। अब मोदीजीसँग भेट्दा त ठीकै हुन्थ्यो। भेटेर फोटो खिच्नुपर्ने गर्नु एउटा कुरा हो उनले भने, तर भारतीय विदेश सचिव, विदेशमन्त्री, भाजपा अध्यक्ष र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग भएका कुराले सकारात्मक परिणाम ल्याउँछ।
दाहालले नेपालले भोगिरहेको समस्या समाधान गर्न भारतलाई अब सहज हुने पनि तर्क गरे। डुबान, सीमा समस्या, इपिजी प्रतिवेदनमा सकारात्मक परिणाम आउला भन्ने अपेक्षा गरेको छुु, उनले भनेका छन् ।