सीसीटीभी काण्ड : सकियो छानबिन, छानविन समितिले निकाल्यो यस्तो निश्कर्ष

सोमबार, २ साउन २०७९

काठमाडौँ – तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेरमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको विषयमा छानबिन गर्न बनेको संसदीय विशेष समितिको बैठक सकिएको छ । सीसीटीभी फुटेज पत्ता नलाग्ने निष्कर्ष निकाल्दै बैठक सकिएको हो ।

समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज ‘रिस्टोर’ हुने सफ्टवेयर मगाए हेर्दा पनि केही नभेटिएपछि यस्तो निश्कर्ष निकालेको हो । ‘अहिलेसम्म छानबिन गरिरहेका थियौं। अब अनुसन्धान गर्छौं’, उनले भने, ‘अब रिकभर हुने कुनै सिस्टम छ कि भनेर त्यसबारे बुझ्नेछौं। त्यसका लागि प्रयास जारी छ।’ छानविन समितिका एक सदस्यले भने ।

यी सबै प्रक्रिया सकेपछि अर्थमन्त्रीसँग सोधपुछ गरिने उनले बताए। ‘अहिल्यै सोधपुछ गर्ने निचोड निकालेका छैनौं’, उनले भने, ‘समग्रमा अहिलेको परिस्थितिमा फुटेज नपाउने निष्कर्षमा हामी पुग्यौं।’

यसअघि आइतबार बसेको समितिको बैठकमा सिसिटिभी फुटेज हेर्ने व्यक्ति बोलाइए पनि फुटेज प्राप्त नभएको बैठकमा बताइएको थियो। तत्कालीन अर्थमन्त्री शर्माले २०७९÷८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ।