उपेन्द्रले घर न घाट पारेका बाबुरामलाई प्रचण्डले यसरि काखमा राखे, माओवादीमा छायो खुशीयाली
काठमाडौँ – जनता समाजवादी पार्टीबाट उपेन्द्र यादवले घरको न घाटको पारेका बाबुराम भट्टराईलाई प्रचण्डले गोद लिएका छन् । उपेन्द्रले कारवाही गरिसकेपछि पार्टी बिहिन बनेका बाबुरामलाई आज भेटि जसपाबाट अलगिएर पनि उहाँ गठबन्धनमै हुनुहुन्छ भन्दै गोद लिएका हुन् ।
उपेन्द्र यादवले कारबाही गरेपछि जसपबाट अलग दल दर्ताको गर्ने तयारीमा रहेपनी बहुमत सदस्य उपेन्द्र तिरै बसेपछि पार्टी गठन गर्न चुकेका नेता तथा पूर्वप्रधानमन्त्री डा: बाबुराम भट्टराईले माओवादी अध्यक्ष प्रचण्डसँगको छलफलमा उनकै अगाडी प्रचण्डले यस्तो भनेका थिए र बाबुराम स्वयम्ले पनि आफु गठबन्धन मै भएको बताएका हुन् ।
पार्टी पुनर्गठनको तयारीमा रहेका भट्टराईले आफू सत्ता गठबन्धनबाट बाहिर नरहेको जानकारी समेत प्रचण्डलाई गराएका छन् । भट्टराईसँगको वार्तापछि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष प्रचण्डले डा: बाबुराम भट्टराई जसपाबाट अलग भए पनि गठबन्धनबाट अलग नभएको बताएका थिए ।
जसपाबाट अलग भए पनि बाबुरामसँग सहकार्य भने जारी रहने र माओवादी धाराको पुनःएकीकरणको विषयमा समेत छलफल भएको बताइएको छ ।
प्रचण्डले कांग्रेसले आगामी चुनावमा गठबन्धन कायम राख्ने निर्णय गरेकोमा खुसी व्यक्त गर्दै आफूहरू पनि गठबन्धनकै पक्षमा रहेको बताए ।