एमालेले यस्तो ठाउँमा लुकाएको रहेछ अर्बौँ पैसा, खुल्यो गम्भीर रहस्य
काठमाडौँ – नेकपा एमालेले पैसा लुकाएपछि नेपाली बजारमा पैसा अभाव भएको खुलासा भएको छ । गठबन्धन सरकारलाई असफल बनाउन नेकपा एमालेले पैसा लुकाएर राखेको खुलासा भएको हो ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले यसको खुलासा गरेका हुन् । उनले एमाले सरकारमा आएपछि हराएको र लुकाइएको पैसा बजारमा आउने दावी गरेका छन् ।
बुधबार अनलाइन मिडियाका सम्पादकहरूसँगको अन्तरक्रियामा एमालेले मुलुकको अर्थतन्त्र नाजुक भएको भनेर गरेको टिप्पणीप्रति पत्रकारले सोधेको प्रश्नमा एमाले सरकारमा आउनेबित्तिकै नीतिगत सुधार हुने र हराएको पैसा बजारमा आउने बताएका हुन् ।
‘हामी सरकारमा आएपछि हराएको पैसा खोज्न सकिन्छ कि सकिँदैन भन्दाखेरी नीतिगत सुधार गर्नेबित्तिकै बजारमा पैसा आइहाल्छ नि ’, महासचिव पोखरेलको भनाइ छ । उनले कालो धन सेतो हुदैन भन्ने कुरा गर्दिए पुग्ने पनि बताए ।
‘सधैंभरी मान्छेले पैसा लुकाएर राख्छ र ? सरकार चेन्ज हुनेबित्तिकै लुकाएको पैसा बाहिर निस्किहाल्छ’, उनले भने, ‘जुन प्रक्रियामा लान खोजेका छन्, त्यो प्रक्रियामा लान त सम्भव छैन, वैधानिक प्रक्रियामा प्रवेश गर्नैपर्छ ।’ उनले गलत नीति अन्तर्गतको गलत सरकार भएको भन्दै त्यो नीति भएको सरकारबाट मुक्त भएसँगै त्यस प्रकारका प्रवृत्तिमाथि छानविन थालिहाल्ने बताए ।
‘छानविन थाल्नेबित्तिकै डम्पिङ गरेर राखेको पैसा सीज हुन सुरु गर्छ र यो प्रवृत्ति दुरुत्साहित हुन्छ । यो आर्थिक संकट प्रायोजित संकट हो । गलत नीतिको परिणाम हो । नेकपा एमाले आउने वित्तिकै मुलुकलाई आर्थिक रुपमा फेरि हामी सही बाटोमा उभ्याउन सक्छौ भन्ने विश्वास छ’, पोखरको भनाइ छ ।
उनले गरेको संकेत अनुसार बजारमा एमालेले पैसा लुकाएको भन्दै अर्थ लाग्छ । नेकपा एमालेमा धेरै व्यवसायी र एनजीओ आईएनजीओका मानेताहरु पनि भएकाले उनीहरुले जतिसक्दो धेरै पैसा लुकाएर राखेका छन् । नेपालमा हजार र पाँच सयको नोट बन्दी गर्ने वित्तिकै उनीहरुसँग भएको सबै पैसा कागजमा रुपमान्तरण हुनेछ ।