देउवाले ज्योतिषीको भरमा पो सरकार चलाइरहेका रहेछन्, प्रमाण सहित खुल्यो रहस्य !
काठमाडौँ – प्रधानमन्त्री सेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचनको मिति तोक्न ढिलाई गर्नुको रहस्य खुलेको छ। ज्योतिष विद्यामा असाध्यै विश्वास गर्ने देउवा चिना हेराएर उनीहरूको सल्लाहअनुसार आफैँले निर्वाचनको मिति तोक्न रोक्दै अमेरिका नजाने निर्णयमा पुगेको रहस्य खुलेको हो।
नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सामेल नहुने निर्णय गरेपछि अमेरिकाले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण रद्द गरेको धेरैले अनुमान लगाए । सत्ता साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नै एसपीपी अस्वीकार गरेको बदलामा अमेरिकाले भ्रमण रोकिदिएको सार्वजनिक प्रतिक्रिया दिएपछि त झन् सबैले त्यही ठाने।
तर, प्रधानमन्त्रीको अमेरिका भ्रमण नहुनुको वास्तविक कारण भने अर्कै रहेको पत्ता लागेको छ । ज्योतिष विद्यामा असाध्यै विश्वास गर्ने देउवा चिना हेराएर उनीहरूको सल्लाहअनुसार आफैँ अमेरिका नजाने निर्णयमा पुगेको जानकार स्रोतले बतायो । बताइएअनुसार असार दोस्रो साता प्रधानमन्त्रीको बोलाहटमा तीन जना ज्योतिष बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्री देउवाको ग्रहदशा राम्रो नभएकाले गठबन्धन टुट्ने र ओली शक्तिशाली हुने ज्योतिषीको भविष्यवाणी ज्योतिषीले गरेपछि उत्साहित हुनुभएका ओलीले दिनै किटान गरेर गठबन्धन भत्किने घोषणा गर्नुभएको हो भनिन्छ । द्वन्द्वात्मक भौतिकवादलाई आदर्श मान्ने मुलुककै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीको अध्यक्षले ज्योतिषको हवाला दिएर राजनीतिक समीकरण फेरिने घोषणा गर्नु आफैँमा अमिल्दो र हाँस्यास्पद त थियो नै ।
त्यहाँ उनीहरूले आगामी आमनिर्वाचनको तिथि, प्रधानमन्त्रीको अमेरिका भ्रमणसहित समग्र राजनीतिक अवस्था र देउवाको ग्रहदशा, नक्षेत्र विश्लेषण गरी चुनावअघि विदेश यात्राको योग राम्रो नरहेको सुनाएका थिए ।
चुनावको मितिका सम्बन्धमा निर्वाचन आयोगको सिफारिसलाई लत्याएर ज्योतिषीको भर पर्ने प्रधानमन्त्री उनीहरूको भनाइमा सहमत हुनुभयो, र भ्रमण नगर्ने निर्णयमा पुग्नुभयो ।
असार १५ गते बिहीबारदेखि नवरात शुरु भएको छ । ज्योतिष शास्त्रका अनुसार यो बार नवरात्र शुरु हुनुलाई राम्रो मानिँदैन । तर, प्रधानमन्त्रीको हकमा ठ्याक्कै के हो भन्ने बुझ्न बालुवाटारले उनीहरूलाई बोलाएर ग्रहदशा हेराएको स्रोतले बताएको छ । देउवाको तीन वटा चिना छ । ती सबै एकै ठाउँमा राखेर फ्याक्ट रुजु गरिएको थियो ।
त्यसपछि बल्ल ज्योतिषले मंसिर ४ गते चुनावको मिति तोक्न र अमेरिका यात्रा रोक्न सुझाव दिएका हुन् । यस क्रममा ०७९ पुसपछि दुईभन्दा बढी दल मिलेर सरकार चलाउन सकिने योगसमेत निक्लेको बताइएको छ । प्रधानमन्त्रीलाई यस्तो सुझाव दिने ज्योतिष को–को हुन् भन्नेबारे स्रोतले खुलाएको छैन।
तर, देउवाले धेरै विश्वास गर्ने ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालसहितको टिम रहेको भने पक्का छ । रिजाल देउवाको सातचोटि प्रधानमन्त्री हुने योग रहेको भविष्यवाणी गरेर चर्चामा आएका ज्योतिष र १० वर्षदेखि यो विद्यामा लागेका प्युठाने हुन् । हाल कालोपुल बस्ने उनले असार महिनामा मात्र प्रधानमन्त्रीसँग आधा दर्जन पटक भेटिसकेको बताइन्छ ।
रमाइलो पक्षचाहिँ, असार १७ गते देशमा राजनीतिक बितण्डा मच्चिँदैछ भनेर एमाले अध्यक्ष केपी ओलीको कान फुक्ने पनि तिनैमध्येका एक ज्योतिष भएको जानकार स्रोतले बताएको छ ।
त्यस दिनपछि
साथै उहाँले घोषणा गरेजस्तो कुनै ठूलो राजनीतिक उलटपुलट नभएकाले ज्योतिषको भविष्यवाणीले समेत ‘हावा’ खाएको टिप्पणी पनि भइरहेको छ । तर, ज्योतिषशास्त्रमा विश्वास गर्नेहरूले भने अर्थमन्त्री जनार्दन शर्माको राजीनामासँग ज्योतिषको भविष्यवाणी र ओलीको घोषणा मिलेको तर्क गरेका छन् ।