युवाहरुले सडकमै नागरिकता पसल खोलेपछि, देउवा सरकारलाई लाग्यो ४२० को झड्का !

बुधबार, ११ साउन २०७९

काठमाडौं –  सरकारले नागरिकता बिधेयक पारित गरेको बिरोधमा नागरिकता व्यापारिक बस्तु होइन भन्ने खालको सांकेतिक चेतावनी दिदै सडकमा नागरिकता पसल खोली विधेयक फिर्ताको माग राख्दै स्वतन्त्र युवाहरुले प्रदर्शन गरेका छन् ।

बुधबार बिहान स्वतन्त्र युवाहरुले माइतीघरमा नागरिकता विधेयक फिर्ताको माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले सकेन बा सकेन विदेशी दलालीसँग सकेन, आयो आयो सस्तोमा नागरिकता आयो मात्र सय ३ वटा, ए हजुर कता सस्तोमा नागरिता यता लगायतको प्लेकार्ड बोकेका थिए । स्वतन्त्र युवाहरु नै भर्खरै पास भएको नागरिकता विधेयकलाई व्यापारको संकेत दिदै सरकार बिरुद्ध उत्रिनुले देउवा नेतृत्वको सरकारलाई झड्का लाग्न सक्ने आकलन गरिएको छ।

सरकारले ल्याएको विधेयकलाई नागरिकता बिक्रि गर्ने पसलको लाइसेन्सको संघ्या दिदै व्यापारिक विज्ञापनको गर्ने अचममको सैली अपनाउदै  यो ब्यापार होइन नागरिकतालाई ब्यापारिक बस्तु नबनाउ भन्ने चेतावनिको अचामाको शैलीको रुपमा हेरिएको छ।

प्रतिनिधिसभाबाट विवादित नागरिकता संशोधन विधेयक पारित भएपछि देशभर विरोध भइरहेको छ । सिर्षकमा जे लेखिएतापनि  नागरिकता बिधेयक बिरुद्ध युवाहरुले गरेको बिरोधको चित्रण हो जहा प्लेकार्डले सुस्पष्ठ पारेको छ जुन व्यापारिक प्रयोजनको लागी गर्ने गरिन्छ ।