लोकप्रिय मेयर हर्क साम्पाङको कार्यकक्षमै प्रवेश गरि यसरि भयो आक्रमण, पुगे कानुनको शरणमा !

सोमबार, १६ साउन २०७९

काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङमाथि आक्रमण प्रयास भएको छ।

सहकारीले रकम हिनामिना गरेको विषयमा मेयर साम्पाङसँग छलफल गर्न पुगेको समूहले आइतबार कार्यकक्षमै प्रवेश गरि साम्पाङमाथि आक्रमण प्रयास गरेका हुन्।

धरानको बराह सहकारी बचतकर्ताको करिब ८ अर्ब रकम हिनामिना गरेको भन्दै आन्दोलित निक्षेपकर्ताको निशानामा साम्पाङ परेका हुन्।सो समुहले  साम्पाङको कर्यकशामा तोदफोड़ा समेत गरेका छन्।

घटनाको भिडियो सामाजिक सञ्जालमा राख्दै मेयर साम्पाङले आफू पीडितको पक्षमा उभिँदा र छानबिन प्रकृया अघि बढाउन खोज्दा कार्यकक्षमा तोडफोड भएको जनाएका छन्।

म पीडितको पक्षमा उभिँदा, छानबिन प्रकृया अघि बढाउन चाहँदा सबै प्रकृया विथोल्ने गरी मेरो कार्यालय तोडफोड गर्ने यिनीहरुलाई के भन्नु हुन्छ ? अब यसरी पिडितले न्याय पाउँलान् त ? साम्पाङले लेखेका छन्।

उनले तोडफोड गर्नेमाथि कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्।