सहमतिको मसी सुक्न नपाउँदै भाँडियो किरण–कन्चनको एकता
काठमाडौ – वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी र कञ्चन नेतृत्वको नेकपा बहुमतबीच हुने भनिएको पार्टी एकता भाँडिएको छ । पद बाँडफाँड र नेतृत्वको विषयमा कुरा नमिले पछि तत्कालका लागि पार्टी एकता भाँडिएको हो ।
वैद्य पक्षले अव हुने पार्टीको एकतामा मुख्य नेतृत्व मोहन वैद्य हुने बताएको छ । यो विषयमा खास्सै विवाद छैन तर महाधिवेशन पछि वैद्य संरक्षक हुने र सीपी गजुरेल पार्टी अध्यक्ष वैद्य पक्षको प्रस्ताव आएपछि एकताको विषयमा भाड्भैलो मच्चिएको हो ।
कञ्चनले वैद्य पछि सीपी नभएर आफू पार्टीको मुख्य नेतृत्वमा हुनु पर्ने दावी गरेका छन् । एकताका पछि केन्द्रीय समिति कसरी वनाउने ? भन्ने विषयमा पनि विवाद देखिएको छ ।
वैद्य पक्षले विप्लवबाट आएका केन्द्रीय सदस्यलाई मात्र समेट्न सकिने बताएको छ तर कञ्चनले भने त्यसो नहुने र पछि विस्तार गरिएका सवैलाई केन्द्रीय समितिमा लैजानुपर्ने हठ राखेको छ ।
यो कुरा वैद्यपक्षले अस्वीकार गरेको छ । पदका कारण एकताको हस्ताक्षर गरेको विज्ञप्तिको मसि सुक्न नपाउदै एकता भाँडिने अवस्थामा पुगेको छ ।
वैद्यपक्षले कञ्चन समुहको प्रस्ताव र हठका कारण एकतामा वाधा हुने देखिएको बताएको छ । विप्लवबाट फुटेर जाँदा ११ जना केन्द्रीय सदस्य गएका थिए । हरु लिएर कञ्चन समुह गएको थियो । तर कञ्चन समुह विप्लवले चुनाव प्रयोग गरेको विषयमा असहमति राख्दै फुटेको थियो ।
स्मरणरहोसः २०७४को चुनावमा भने वैद्यको पार्टीले भाग लिएको थियो । वैद्यले भाग लिदा क्रान्तिकारी हुने र विप्लवले चुनावमा भाग लिदा संसदवादी देख्ने कञ्चन समुह स्वयम आफै विचलित समुह भएको राजनैतिक वृतमा चर्चा छ ।