यो देशमा अरुको भन्दा दशौँ गुणा क्षामतावान मान्छे मै हुँ भन्दै यसरि कुर्लिए लिङ्देन !

शनिबार, २८ साउन २०७९

काठमाडौं – संघीय लोकतान्त्रिक राष्ट्रिय मोर्चाका अध्यक्ष कुमार लिङ्देनले यो देशमा अरुको भन्दा दशौँ गुणा क्षामता आफुसंग रहेको बताएका छन् ।

आफू प्रधानमन्त्री भए विगत र वर्तमानका प्रधानमन्त्रीहरुको  भन्दा आफुसंग दशगुणा बढी क्षामता भएकोले राम्ररी देश आफु सक्षम भएको र यदी माग्न आए आफूले विश्वकै सबैभन्दा सुन्दर संघियताको मोडेल दिने उनले दाबी सहित यस्तो बताएका हुन् ।

उनले संघीयता हटाए देश ठूलो समस्यामा पर्ने र कल्पनाभन्दा बाहिरको कुरा भएको बताएका छन् । तर हालको संघीयताको मोडल भने मुलुकमा बसोबास गर्ने जातजाति र भूगोलका नागरिकको मर्म विपरित भएको उल्लेख गरेक छन् ।

संचारमाध्यमसँगको कुराकानीमा उनले हिजोको दिनमा आफूहरु नै संघीयताको पक्षमा लडेको आफ्ना कार्यकर्ताहरु शहिद भएको तर देश संघीयतामा जाँदै गर्दा ‘राउण्ड टेबल’मा नराखिएको गुनासो गरे ।

यदी कुमार लिङ्देनहरुलाई राखेर संघियता कस्तो हुन्छ भन्ने यो देशले खोज्ने हो भने विश्वकै सबैभन्दा सुन्दर मोडेल हामी दिन्छौँ,’ अध्यक्ष लिङ्देनले भने ।

‘विगतको इतिहासमा लिम्बूवान, खम्बूवान, तामसालिङ जस्ता राज्यको अस्थित्व थियो । त्यही अस्थित्वलाई सम्बोधन गर्नुपर्छ भनेर संघीयताको आन्दोलन उठेको हो । तर बीचमा पार्टीहरुले ‘डिसमिस’ गरे । प्रदेशहरुलाई असक्षम बनाए,’ उनले थपे ।

मुलुकका ७ हजारभन्दा बढी वडाहरुलाई सिधै सिंहदरबारले चलाएको पनि अध्यक्ष लिङ्देनको आरोप छ ।

‘सात हजार वटा वडा कार्यालयलाई सिधै वडा कार्यालयले चलाएको छ । प्रदेशलाई बिजनेश दिएका छैन। अनि भन्दैछन् प्रदेश सफल भयो । संघीयता असफल भयो,’ उनले भने ।

अहिले संघीयता दलहरुले ग्राइन्ड डिजाइनका साथ असफल पारिरहेको पनि उनको आरोप छ । आफू प्रधानमन्त्री भए विगत र वर्तमानका प्रधानमन्त्रीहरु भन्दा दश गुणा राम्ररी देश हाँक्ने

उनले नेपालमा ११ ओटा प्रान्त चाहिने पनि औँल्याएका छन् । ७७ जिल्लाका सिडिओ, एलडिओ र डिएसपीजस्ता कर्मचारीलाई पालेर देशको ढुकुटी खर्च गर्नुभन्दा ११ प्रान्तमा खुम्च्याएर राज्य शासन संचालन गर्नुपर्ने उनको मत छ ।

प्रदेश हटाऔँ भन्नेहरु ७७ जिल्लाबाट देश लुटाइरहेको उनको आरोप छ ।

‘अहिले प्रदेश खारेज गरौँ भन्नेहरु जिल्ला हटाऔँ सिडिओ हटाऔँ भन्दैनन् । किनकी त्यहाँ त उहाँहरुको मान्छे ,’ उनले भने, ‘त्यहाँ देश लुट्ने उहाँहरुको मान्छे छन्।’

उनले प्रदेश – १ को नाम लिम्बूवान–किरात हुनुपर्ने यदी अन्यथा भए आन्दोलन चर्काउनेसमेत चेतावनी दिएका छन् ।

फरक प्रशंगमा बोल्दै अध्यक्ष लिङ्देनले अब मुलुकको नेतृत्व जनजाति समुदायको मान्छेले लिनुपर्ने बताएका छन् । देशमा झाँगिएको भ्रष्ट्राचार मास्न र देशलाई कायापलट पार्न नेपालमा आदिवासी जनजाति नेतृत्व आवश्यक रहेको उनले बताए ।

त्यसका लागि आफू पनि प्रधानमन्त्रीको लागि तयार हुने बताए । आफू प्रधानमन्त्री भए विगत र वर्तमानका प्रधानमन्त्रीहरु भन्दा दश गुणा राम्ररी देश हाँक्ने उनको दाबी छ ।