नेकपा काठमाडौँ लगाएत ४ संयुक्त पार्टीले जिल्ला प्रसाशनमा बुझायो ज्ञापन पत्र

बुधबार, १ भाद्र २०७९

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी लगाएत संयुक्त आन्दोलन समितिले जिल्ला प्रसाशन कार्यालय काठमाडौँमा ज्ञापन पत्र बुझाएको छ।  नेकपाका महासचिव लगाएतका नेता कार्यकर्ताहरुको बिरुद्ध उच्च अदालत पाटनले जारि गरेको पकाउ पुर्जि खारेज गर्नुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालयमा संयुक्त ४ पार्टीले ज्ञापनपत्र बुझाइएको हो ।

संयुक्त बिरोध र्याली सहित जिल्ला प्रसासन कार्यालय पुगेको नेकपा काठमाडौं जिल्ला सेक्रेटरी र नेपाल कम्युनिस्ट पार्टी समाजवादीका काठमाडौं जिल्लाका नेता कपिल सिजांपतीले माग पत्र पढेर सुनाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा काठमाडौँ सेक्रेटरी तुलसीनारायणले विगत केहि बर्ष देखि (एम सी सी) र (एस पी पी) आन्दोलन गदै आएको र मंहगीका विरुद्ध जनतानको लागि आवाज उठाउदा के हामीले गल्ति गरेका छौं के हामीले व्यक्तिगत जिवनको लागि दाल भात मागको हौं राज्यको मुक्त्तीका लागि लडेका बोलेका छौ’ यो हाम्रौ नैर्सगिक अधिकार हो उनले भने ।

देशका जनाता लागि हामीले आन्दोलन गरेका छौ यो दुस्मन राज्यसत्तालाई सैए भएन (एम सी सी) का दलालहरु यो सत्तामा छन् । यो सत्ताले विदेशी शक्ती केन्द्रको निर्देशन अनुसार महासचिव विप्लव लगाएत नेताकार्यकर्तालाई पक्राउ पुर्जी जारीको भन्दै पक्राउ पुर्जी नामको कागजको खोस्टाले आफुअरु नडराएको र राज्युसत्तालाई चुनौती दिएका छौं’ महासचिवलाई पक्राउ गरेर देखाउ भन्दै उनले राज्यलाई ठाडो चेतावनी दिएका छन् ।

फेरि पनि राज्यले देश दुर्घटनामा धकेलेको हो भन्दै राज्यलाई प्रश्न समेत गरेका छन् ।