यी हुन् महिलाले मात्र चलाएका एनएमबि बैंकका शाखाहरु
काठमाडौँ – एनएमबि बैंक लिमिटेड महिला सशक्तिकरणमा अब्बल बन्दै गएको पाइएको छ । बैंकको व्यवस्थापनले महिलालाई विश्वास गरेर विभिन्न शाखाहरुमा नेतृत्व सुम्पिएपछि एनएमबी बैंक महिला सशक्तिकरणमा अब्बल बनेको पाइएको हो ।
बैंकले देशभरका विभिन्न शाखाहरुमा महिला कर्मचारीहरु राखेर बैंकिङ कार्य संचालन गरेको जनाएको छ । बैंकले नेतृत्वदायी भूमिका निर्वाह गर्दै महिलाले चलाएका शाखाहरुको घोषणा कार्यक्रममा यस्तो कुरा बताएको हो ।
महिला मात्र भएको शाखाको विशेष घोषणा तथा महिला शशक्तिकरणमा सक्रिय भएर कार्य गर्दै आईरहेका महिला दिदी बहिनीहरुको अनुभव साटने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा देशभर ६ वटा शाखाहरु महिलाले मात्र चलाएको घोषणा गरिएको हो ।
महिला कर्मचारीहरुले मात्र संचालन गरेको शाखाहरुमा प्रदेश १ को टंकिसिनुवारी, मधेष प्रदेशको महोत्तरी, बागमती प्रदेशको बल्खु, गण्डकी प्रदेशको चाउथे, लुम्बिनी प्रदेशको भलवारी र सुदूर पश्चिम प्रदेशको धनगढी रहेका छन् । महिलाहरुलाई थप शशक्त बनाई हरेक क्षेत्रमा अगाडी बढाउनु आजको आवश्यकता रहेको महसुस गर्दै बैंकले महिलाहरुलाई जिम्मेवारी दिएको हो ।

उपरोक्त कार्यक्रममा एनएमबि बैंकका महिला ग्राहक, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसंघका महिला पदाधिकारीहरु, महिला उद्यमीहरु, विभिन्न बैंक तथा बित्तीय संस्थाका महिला प्रमुख कार्यकारी अधिकृतहरु आदीको उपस्थिति रहको थियो । एनएमबि बैंक ‘दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो ।
एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।