विभिन्न जिल्लामा बन्द सोचे अनुरूप सफल

बुधबार, ८ भाद्र २०७९

काठमाडौं—पुर्बको १ नम्बर प्रदेशको विभिन्न जिल्लामा बन्द सोचे अनुरूप सफल भएको छ।

नेपाल कम्युनिस्ट पार्टी सहित चार दलले आज आहवान गरेको नेपाल बन्द पुर्बको १नम्बर प्रदेशका विभिन्न जिल्लाहरुमा शान्तिपुर्ण ढंगले बन्द सफल भएको छ ।

प्रदेशको उदयपुर जिल्लामा कुनै पनि यातायातका साधनहरु चल्न सकेनन् । कल कारखाना,शौक्षिक संस्था , पसलहरु,यातायात उधोगधन्दा पुर्ण रूपमा वन्द गरेका थिए।
त्यस्तै प्रदेशको विभिन्न जिल्लाहरुमा सुनसरी
धनकुटा ,ओखलढुंगा ,मोरङ्ग,झापा,पाचथर,तेह्रथुम,शंखसभा ,भोजपुर ,खोटाङ ,सोलुखुम्बु ,ईलाममा पनि वन्द सान्दार रुपमा सफल भएको नेकपाका जिल्ला ईन्चार्ज तथा सेक्रेटरीहरुले जनकारि दिएका छ्न।

१ नम्बर प्रदेशको ईलाम जिल्लामा बन्द कर्ता दुई जनालाई प्रहरीले नियन्त्रणमा लिए पनि पुनस्बन्द पछि रिहाई गरिएको छ। सबै जिल्लाहरुमा यातायातका साधन र शैक्षिक संस्थाहरु ठप्प भएको थियो।

नेपाल कम्युनिस्ट पार्टीले तीन बँुदे सहमतिको कार्यान्वयन गर्नु पर्ने, पक्राउ पुर्जी खारेज गर्नु पर्ने, मुलुकको भ्रस्टाचार , महङ्गी नियन्त्रण गर्नु पर्ने, एमसीसी र एसपीपी खारेज गर्नु पर्ने लगायतका माग राखेर नेपाल कम्युनिस्ट पार्टी सहित चार दलले आज वन्दको आहवान गरेका थिए ।
बन्दमा १ नम्बर प्रदेशका कुनै पनि जिल्लाहरुमा अपृय घटनाहरु नघटिकन बन्द सान्दार रूपमा सफल भएको छ ।

बन्द पछि प्रत्येक जिल्लाका जिल्ला ईन्चार्ज तथा सेक्रेटरीहरुले बन्दलाई सफल पार्न सहयोग गर्नु हुने उधोगि ब्यापारी ,शौक्षिक संस्था ,यातायात ब्याबसायिक, बुद्धिजीवी, कर्मचारीहरु सबैलाई विशेष धन्यवाद दिएका थिए।