सरकार र अदालत नामको मात्रै रह्यो काम केहि भएन

सोमबार, १३ भाद्र २०७९

काठमाडौं—नेकपा एमालेका महाचिव शंकर पोखरेलले सरकार र अदालत नामको मात्रै रह्यो काम केहि भएन भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले अबको निर्वाचनमा एमालेले बहुमत प्राप्त गरी सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने बताएका छन् ।

पार्टीको प्रचार विभागले आयोजना गरेको कार्यक्रममा पार्टी महासचिव पोखरेलले जनताको अदालतको माध्यमबाट देशलाई सहि बाटोमा डोर्‍याउनुपर्ने बताएका हुन् ।

पोखरेलले भने, ‘लोकतन्त्रका खम्बाहरु कमजोर बनेका छैनन् । अदालत अदालत जस्तो छैन । सरकार सरकार जस्तो छैन । व्यवस्थापिका व्यवस्थापिका जस्तो छैन । देशलाई फेरि जनताको भरोसाका रुपमा उभ्याउन बलियो नेतृत्वको आवश्यक छ । त्यसैले जनताको समस्यामा साथ दिने केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा उभ्याएका छौं । ’

जनतालाई समस्या परेको बेला ओलीले अभिभावकत्व प्रदान गरेको बताए । जनअदालतबाट प्रतिगमनलाई ढाल्ने उनको भनाइ छ। चुनावको माध्यमबाट एमाले बलियो राष्ट्रिय शक्ति हुने उनको दावी छ।