कुन बेला कस्तो सम्मान गर्ने ?
काठमाडौँ – एकपटक एक चित्रकार सम्राट नेपोलियन कहाँ गए । नेपोलियनले ती चित्रकारले मैलो लुगा लगाएको देखेर उनले आदार गरेनन् र उनलाई अर्कातिर अलि टाढा बस्ने आदेश दिए । पछि कुराकानी गरेर थाहा पाए उनी बडो कुशल चित्रकार हुन् ।
केहि समय पछि चित्रकार जान लागे तब नेपोलियन आफैं उठे र उनीसँग हात मिलाए । साथै उनी ती चित्रकारलाई ढोकासम्म पु¥याउन गए । यस प्रकारको सत्कार देखेर चित्रकारलाई बडो आश्चर्य लाग्यो ।
उनले डराउँदै डराउँदै सम्राट नेपोलियन सँग सोधे ,‘जब म भित्र आएको थिए तब तपाईले मलाई छेउमा बस्न समेत दिनुभएन । अब जाने बेलामा तपाई मलाई यहाँसम्म पु¥याउन आउनु भएको छ, यसको कारण के हो ?’
नेपोलियनले मुस्कुराउँदै भने, ‘आउने बेलामा जुन आदर गरिन्छ, त्यो मानिसको पोशाक देखेर गरिन्छ । तर, जाने बेलामा जुन आदर गरिन्छ, त्यो उसको गुण देखेर गरिन्छ ।’