नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ महानगर समितिको प्रथम सम्मेलन सम्पन्न

बिहिबार, १६ भाद्र २०७९

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ महानगर समितिको प्रथम महानगर सम्मेलन सम्पन्न भएको छ। गोंगबु स्थित राष्ट्रिय तमु समाजको हलमा उदघाटन भएको सम्मेलन ४३ सदस्यीय महानगर समिति चयन गर्दै सम्पन्न भएको हो।

सम्मेलन को उद्घाटन  पार्टी सि सि एम तथा काठमाडौ जिल्ला इन्चार्ज माईला लामाले मैन बत्ति बलेर  गर्नु भएको थियो भने, प्यानल प्रस्ताब तथ सपथग्रहण काठमाडौँ सेक्रेटरी तुलसी नारायणले गर्नु भएको थियो।

क्रार्यक्रममा युब सङ्गठन नेपालका केन्द्रिय महासचिव बिदुसी ,श्रमिक समुदायको केन्द्रिय कार्यालय सदस्य गोपाल परियार, काठमाडौ जिल्ला सल्लाहकार सदस्य देबिराम भुसाल, लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो।

नेवा मुक्ति मोर्चा का केन्द्रिय अध्यक्ष तथा घाइते योद्धा सुरेन्द्र महर्जनले नव निर्वाचित सदस्यहरुलाई बधाइ ज्ञापन गरेका थिए।

महानगर सेक्रेटरी दिपक मानन्धरको अध्यक्षतामा सुरु भएको महानगर सम्मेलनको सन्चालन महानगर इन्चार्ज प्रतापले गरेका थिए।