महाअभियोगबारे उठेका प्रश्नको जवाफ दिन गएका चोलेन्द्रले समितिमाथि नै गरे उल्टै प्रश्न

बिहिबार, १६ भाद्र २०७९

काठमाडौं – महाअभियोगबारे उठेका प्रश्नको जवाफ दिन गएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग सिफारिस समितिमाथि उल्टै आफै प्रश्न गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रले प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरु नै सिफारिस समितिमा रहेको भन्दै महाभियोग सिफारिस समितिमाथि नै प्रश्न उठाएका हुन् ।

समितिकी सदस्य रेखा शर्माले दिएको जानकारीअनुसार उनले पटक पटक नियमावली र संविधान स्मरण गराएका थिए ।

“उहाँले हिजो पनि आज पनि संविधान र नियमावलीमाथि प्रश्न उठाउनुभएको छ,” उनले भनिन्, “उहाँले हामीमाथि नै प्रश्न गर्नुभयो । सही गर्ने सांसद नै महाभियोग समितिमा रहेको भन्ने प्रश्न उहाँको थियो । तर हामीले यो अन्य समितिजस्तो नभएको बतायौँ ।”

जबराले प्रश्नको जवाफ नदिएपछि सांसदहरुले विषयमा प्रवेश गर्न भनेका थिए ।

“सोधिएको प्रश्नभित्र रहेर जवाफ दिनूस् । बाहिरी विषयमा जवाफ दिएर केही हुँदैन भनेर हामीले भन्यौँ,” एक सांसदले भने ।

समितिमाथि नै प्रश्न उठाएपछि सांसदहरुले राणालाई विषयमा प्रवेश गर्न भनेका थिए ।