मिडिया काउन्सिल विधेयकमाथि सांसदको टिप्पणी, मिडिया राज्यको चौथो अंग हुँदै होइन
काठमाडौँ – नेपाली काँग्रेसका सांसद प्रकाश रसाईलीले पत्रकारिता र मिडिया राज्यको चौथो अंग हुन नसक्ने बताएका छन्। स्वतन्त्र पत्रकारिताको गरिमा रहने गरी मिडियालाई व्यवस्थित बनाउन प्रतिष्ठान बनाउन आवस्यक रहेको बताएउदै पत्रकारिता र मिडिया राज्यको चौथो अंग नभएको बताएका हुन् ।
शुक्रबार प्रतिनिधिसभामा मिडिया काउन्सिल विधेयकमाथिको छलफलमा भाग लिँदै रसाइलीले पत्रकारहरुले पनि लोकसेवा जस्तो सामान्य परीक्षा लिने व्यवस्था गरिएमात्र स्वतन्त्र पत्रकारिताको गरिमा रहने बताएका छन्।
पत्रकारिता र मिडिया राज्यको चौथो अंग हुनै नसक्ने भन्दै स्वतन्त्र पत्रकारिताको गरिमा रहने गरी व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । ‘त्यसैले मैले भन्नैपर्छ पत्रकारिता र मिडिया राज्यको चौथो अंग होइन । कुनैपनि हालतमा लोकतन्त्र भएका देशहरुमा यो हुन सक्दैन’, रसाइलीले भने, ‘राज्यको चौथो अंग भनेको राज्यले जतिवेला पनि नियन्त्रणमा लिनसक्छ, नियमन गर्नसक्छ ।’
उनले लोकतन्त्रको सुन्दर पक्ष मिडिया भएकाले मिडियाले राज्यका विरुद्ध मात्रै नभई समाजका हरेका विकृति विसंगतिलाई बाहिर ल्याउने भएकाले अहिलेको अवस्थामा त्यो सम्म्भव नहुने दावी गरे । ‘त्यसरी बाहिर ल्याउँदै गर्दा राज्यको एउटा अंग भन्यो भने जसरी प्राक्टिस गरेका छौ त्यसले ल्याउन सक्दैन’, रसाइलीको भनाइ छ ।