कांग्रेसको घोषणापत्र बनाउने जिम्मा महामन्त्री शर्मालाई दिइयो
काठमाडौं—नेपाली कांग्रेसले निर्वाचन घोषणापत्र तयारी समितिको संयोजकमा पार्टीका महामन्त्री विश्वप्रकाश शर्मालाई मनोनयन गरेको छ।
पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्री शर्मालाई प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७९ घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन गरेका हुन्। शर्मालाई विधानबमोजिम मनोनित गरिएको कांग्रेसले जनाएको छ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा