बल्ल भेटियो टुकुचा खोला, को कसको हुनेभयो उठिवास ?
काठमाडौं – लामो समयको उत्खनन पछ टुकुचा खोला भेटिएको छ । काठमाडौ महानगरपालिकाको टोलीले लामो उत्खनन् पछि टुकुचा खोला भेटेको हो ।
महानगरले जय नेपाल हलको कम्पाउन्डभित्रै टुकुचा खोला खोज्न उत्खनन गरेको थियो । महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ ।
नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा गायब थियो । यसअघि देखि नै स्थानीयहरुले खोला अतिक्रमण गरेर संरचनाहरु निर्माण भएको भन्दै उत्खननको माग गर्दै आइरहेको थिए ।
महानगरले १२ साउनमा सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन निर्देशन दिएको थियो । ३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले गायब भएको र अतिक्रमण भएको क्षेत्रमा उत्खनन तथा खोजी कार्य सुरु गरेको छ ।
अब जय नेपाल हल भएको छर, लक्ष्मी बैंकको घर, सिद्धार्थ बैंक लगायतको उठिबास हुने भएको छ । यी संरचनाहरु टुकुचा खोलामाथि बनेर प्रमाणित भएको छ ।