चितवन ३ : प्रचण्डविरुद्ध ‘हेविवेट’ उम्मेदवार उठाउँदै एमाले
काठमाडौँ – आगामी मंसिर ४ गते प्रतिनिभिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा लागि राजनीतिक दलहरुले निर्वाचन केन्द्रीत गतिविधि गर्न थालिसकेका छन् ।
ठूला दलका ठूला नेताहरुले आफूलाई सुरक्षित राख्नका लागि राम्रो जनाधार भएको निर्वाचन क्षेत्र खोजिरहेका छन् । सुरक्षित निर्वाचन क्षेत्र खोज्ने नेताहरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड) पहिलो नम्बरमा आउँछन् ।
प्रचण्ड विभिन्न जिल्लाका निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाको निर्वाचनमा लागि सिफारिस भएका छन् । उनी चितवन ३, नवलपरासी (पूर्व), गोर्खा २ लगाायतका निर्वाचन क्षेत्रबाट सिफारिसमा परेका छन् । अन्यत्र जहाँबाट सिफारिस भएपनि प्रचण्ड चितवन ३ बाटै लड्ने मनस्थितिमा छन् ।
उक्त क्षेत्रबाट राम्रो जनाधार भएको नेकपा एमालेले हेविवेट उम्मेदवार उठाउने तयारी गरेको छ । प्रचण्डलाई प्रतिनिधिसभामा प्रबेश हुनबाट रोक्ने नेकपा एमालेले पूर्वमाओवादी नेता रामबहादुर थापा (बादल)लाई टिकट दिने तयारी गरेको छ ।
नेकपा एमालेले चितवन ३ बाट उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई उठाउने तयरी गरेको छ । बादल पनि चितवन ३ बाटै निर्वाचन लड्ने मनोसयमा छन् । एमालेले चितवन–३ मा बादललाई टिकट दिए प्रचण्डसँग भिडन्त हुने देखिन्छ । ‘प्रचण्ड र बादल युद्धकालीन नेता हुन् ।
उनीहरु दुई नेता निर्वाचनमा होमिएको खण्डमा चितवनको निर्वाचन रोचक बन्ने छ ।