नगरपालिकाले आँखा चिम्लिएर वीर अस्पताल परिसरका अवैध संरचनाहरु हटाउँदै

बिहिबार, ६ असोज २०७९

काठमाडौँ— काठमाडोँ महानगरपालिकाले आज वीर अस्पताल परिसरका अवैध संरचनाहरु र औषधि पसल रहेका सटरहरू हटाउँदै छ । महानगर प्रहरीले बुधबार दिउँसो २४ घण्टाभित्र ती टहरा र पसलहरु भत्काउन चेतावनी दिँदै माइकिङ गरेको थियो ।

त्यहाँ वर्षौँदेखि अवैध रूपमा बनाइएका टहरा सटरमा औषधि पसलहरु सञ्चालन गरिँदै आएको छ । वीर अस्पतालको नयाँ भवन रहेको उक्त परिसरमा नक्सा पास गर्दा बगैंचा बनाउने उल्लेख छ तर हालसम्म ती अवैध टहरा हटाइएको छैन ।

ती अवैध संरचना हटाउन महानगर प्रहरी र अधिकारीहरूको टोली सो परिसरमा खटेको छ ।