शेखर समूहले देउवालाई चेतावनी दिदैं भन्यो, नसच्चिए निर्वाचनमा सोत्तर पारिदिन्छौं
काठमाडौं— प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको शेखर कोइराला समूहले आफ्नौ पार्टी सभापति देउवालाइ नसच्चिए नसच्चिए निर्वाचनमा सोत्तर पारिदिने चेतावनी दिएको छ । ंपार्टीमा सम्मानजनक भाग नपाए बागी उमेदवार उठाएरै भए पनि देउवालाई निर्वाचनमा सोत्तर हुनेगरी पराजित गरिदिने चेतावनी दिएको हो ।
ठमेलको एक होटलमा बसेको पार्टीको दोस्रो तहको बैठकले गठबन्धन बाहेकका दलसँग सहकार्य गरेर वागी उम्मेद्वार उठाउने निर्णय गरेको एक नेताले जानकारी दिएका छन ।
शेखर समूह पार्टीले समानुपातिक सूची बुझाउँदा १० प्रतिशत मात्र भाग दिएको भन्दै आक्रोशित भएको छ । १६ गतेसम्म सूची नसच्याए गठबन्धन हराउन अभियान नै चलाउने निर्णय गरिएको ती नेताले बताए । उनका अनुसार गठबन्धन बाहेक नेकपा (एमाले), लोसपालगायत दलसँग सहकार्य गरिनेछ ।
“अब सधैँ हेपिरहने भए हामी चुप लाग्न सकेनौँ । हामीले बागी उमेदवार उठाउने र गठबन्धनबाहेक अन्य दलसँग सहकार्य गर्ने विषयमा पनि निर्णय गरेका छौँ,” ती नेताले भने । यस्तै, बैठकले पार्टी कार्यालयमा धर्ना दिने, प्रदर्शन गर्नेलगायत विभिन्न निर्णय गरेको बैठकमा सहभागी अर्का नेताले जानकारी दिए ।
“१२ गते पार्टी कार्यालय सानेपामा धर्ना दिने हामीले निर्णय गर्यौँ । १३ गते दसैँ विशेष चियापान गर्ने हामीले निर्णय गर्यौँ,” ती नेताले भने, “नेतृत्वले सच्चिएर समान व्यवहार गरे ठिक छ । नभए हामी चुप लागेर बस्दैनौँ ।”