प्रतिनिधीसभा सदस्यमा उम्मेदवारी दर्ता गरेसंगै शशांकले गरेको अर्को घोषणाले देउवालाई दियो नमिठो झड्का !
काठमाडौँ – नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टी सभापति शेर बहादुर देउवालाई झड्का लाग्नेगरी आफुलाई प्रतिनिधीसभा सदस्यको उम्मेदवार मात्र नभएर भावी प्रधानमन्त्रीको उम्मेदवार भएको घोषणा गरेका छन् ।
नवलपुर १ मा चौथोपटक उम्मेदवारी दर्ता गर्दै नेता कोइरालाले प्रतिनिधिसभा सदस्यको मात्र नभई देउवालाई झड्का लाग्नेगरि प्रधानमन्त्रीको लागि चुनाव लडेको घोषणा गरेका हुन् । मनोनयन दर्ता संगै एकाएक कोइरालाले गरेको यस्तो घोषणाले फेरी संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने दाउमा रहेका देउवालाई नमिठो झड्का लाग्ने निश्चित भएको छ ।
कोइरालाले अब यो आफ्नो लागि अन्तिम चुनाव रहेको भन्दै कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार आफू हुने बताए । पार्टीले निर्णय गर्ने विषय भए पनि आफू योपटक प्रधानमन्त्रीका लागि उम्मेदवार बनेको बताए ।
कोइरालासँग एमालेबाट संविधानसभा सदस्य कृष्ण पौडेलले प्रतिस्पर्धा गर्दैछन् । कोइराला २०६४, २०७० र २०७४ तीनवटै चुनावमा यही क्षेत्रबाट जितेका थिए ।