जित निश्चित भएको दाविसहित उम्मेदवारी दर्ता गरेर आए शर्मा

आइतबार, २३ असोज २०७९

विराटनगर – नेपाली कांग्रेसका नेता सुनिल शर्माले जित निश्चित भएको दावि गर्दै मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् । शर्माले गठवन्धनको साझा उम्मेदवारको रुपमा प्रतिनिधिसभा सदस्यका उम्मेदवारी दर्ता गराएका हुन् ।

पार्टी कार्यालयमा पुजा पाठ र गलामा रुद्राक्षको माला सहित शर्माले क्षेत्रिय निर्वाचन कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन । पार्टी कार्यलयबाट समर्थनको ठूलो जुलुससहित शर्मा उम्मेदवारी दर्ताका लागि निर्वाचन कार्यलय पुगेका थिए ।

उम्मेदवारी दर्ता पछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै शर्माले गठवन्धनको जित निश्चित भएको बताए छन । आफू सहित गठवन्धनका सवै उम्मेदवार प्रति जनताको ठुलो विश्वास र भरोसा रहेकाले संघ र प्रदेशमा आफु हरुको जित सुनिश्चित भएको प्रतिक्रिया दिएका हुन ।

जनताको हरेक सुख दुख आफू संगै भएका कारण यो निर्वाचनमा जित पक्का भएको शर्माको भनाइ थियो ।