बाजा बजाएको विषयमा प्रचण्डले दिएको स्पष्टीकरण चित्तबुझ्दो भएन

बुधबार, १६ कार्तिक २०७९

काठमाडौं— निर्वाचन आयोगले उम्मेदवारी दर्ताका समयमा बाजा बजाएको विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको बताएको छ ।

२३ असोजमा प्रचण्ड गोरखा क्षेत्र नम्बर २ मा पुग्दा बाजागाजा समेत गरिएको थियो । यसबारे आयोगले सोधेको स्पष्टीकरणमा प्रचण्डले कसले बजायो भन्ने थाहै नभएको जवाफ दिएका थिए ।

तर आयोगले यो स्पष्टीकरण चित्तबुझ्दो नभएको ठहर गर्दै त्यसमा कोको व्यक्ति थिए रु प्रचण्डले लगेका हुन् वा होइनन् भनेर खोजबिन गर्न मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।