इमरान खानमाथि बीच सडकमा दिउँसै गोली प्रहार !

बिहिबार, १७ कार्तिक २०७९

काठमाडौं – पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि बीच सडकमा दिउँसै गोली प्रहार भएको छ । गोली लागेर उनी घाइते भएका छन् ।

गुजरावालाको अल्लाहवाला चोक नजिकै र्‍यालीमा रहेका उनीमाथि बीच सडकमा दिउँसै गोली प्रहार भएको हो । घटनामा अरु ३(४ जना पनि घाइते भएका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

घाइते हुनेमा पाकिस्तान तहरीक(ए(इन्साफका नेता फैसल जावेद पनि छन् ।

पाकिस्तान तहरीक(ए(इन्साफका महासचिव असद उमरका अनुसार खानलाई खुट्टामा गोली लागेको छ र उनलाई उपचारका लागि लाहोर पठाइएको छ ।

गोली हान्ने एक जना व्यक्तिलाई पक्राउ गरिएको पाकिस्तानी प्रहरीले बताएको छ ।